PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘होस्टेल रिटर्न्स ’लाई दुई दिनमा करोड



‘होस्टेल रिटर्न्स ’लाई दुई दिनमा करोड

‘होस्टेल रिटर्न्स’ले लगभग सुख्खाजस्तो देखिएको नेपाली बक्सअफिसमा आक्रामक सुरुआत गरेको छ। यो फिल्मले शुक्रबार र शनिबार १ करोड १ लाख रुपैयाँ ग्रस कमाएको दावी निर्माण कम्पनीले गरेको छ। 

निर्माण कम्पनी दुर्गिश रावलका अनुसार मुलुकका ४० पर्दाबाट सिनेमाले यति कमाइ गरेको हो। यो कूल कलेक्सनमा राजधानी र पोखरासहितका मल्टिप्लेक्सको उच्च योगदान छ। 

शुक्रबार ३१ लाख र शनिबार ७० लाख २५ हजार रुपैयाँ ग्रस कमाइ भएको निर्माता सुनिल रावलको दावी छ। मल्टिप्लेक्स संचालकका अनुसार होस्टेल रिटर्न्सले हलिउडको फ्यान्टास्टिक फोर र बलिउडको अल इज वेलको सोज संख्या पनि कटौती गरेको छ। 

आइतबारको बन्दले फिल्मको बक्सअफिस प्रदर्शनमा आंशिक प्रभाव पारेको छ। ‘होस्टेल रिटर्न्स’को पहिलो साता प्रदर्शनले आउँदो साता रिलिज हुने तयारीमा रहेको ‘रेशम फिलिली’लाई प्रभाव पार्ने अनुमान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell