PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​जागिरको प्रलोभनमा खाडी देशमा युवती पुर्‍याउने समूहका चार सदस्य पक्राउ



​जागिरको प्रलोभनमा खाडी देशमा युवती पुर्‍याउने समूहका चार सदस्य पक्राउ

काठमाडौँ : विपन्न युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालका विभिन्न नाकाबाट भारतको राजधानी नयाँ दिल्ली पुर्‍याई त्यहाँबाट खाडी देशमा पठाउने समूहका चार सदस्य पक्राउ परेका छन्।

गत साउन ५ गते भारतीय प्रहरीले विशेष अपरेसन गरी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, साउन ९ गते विभिन्न होटलहरुमा छापा मारी २७ नेपाली युवतीलाई उद्दार गरिएको थियो।

उनीहरुलाई दुबई, कुवेत, कुर्दिस्तान पठाउने तयारी थियो।

नेपाल सरकार तथा नेपाली दूतावासको पहलमा साउन १९ गते युवतीहरुलाई नेपाल फिर्ता ल्याइएको थियो। उनीहरुसँग सोधपुछ गर्दा खुल्न आएका केही व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

       भारतको नयाँ दिल्ली, महिपालपुरबाट उद्धारकै क्रममा सिन्धुपाल्चोक, बाह्रबिसे गा.बि.स.-२ घर भएका दयाराम पण्डित भन्ने ईश्वर न्यौपाने र गुम्बा गाविस वडा नं. ६ बस्ने विष्णु तामाङलाई भारतीय प्रहरीले नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। ब्युरोका अनुसार उनीहरुलाई अनुसन्धानपश्चात् नेपाल ल्याउनको लागि आवश्यक कुटनैतिक पहल भइरहेको छ।
 
ब्युरोले नेपालमै पक्राउ गरेकाहरुमा युवतीहरुसँग रकम लिई भैरहवासम्म पुर्‍याएको अभियोगमा खोटाङ घर भई हाल थिमिमा बस्ने सुशील भन्ने सुजिल राई र विदेश पठाइदिन्छु भन्दै रकम संकलन गर्ने र भारत पठाउने महोत्तरी घर भई हाल नयाँ थिमिमा बस्ने राजबाबु श्रेष्ठ छन्।

राईलाई गुन्डुबाट र श्रेष्ठलाई सर्लाहीबाट पक्राउ गरिएको हो।  

ब्यूरोले उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell