PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रक्रिया रोके मात्र वार्ता गर्ने मोर्चाको अडान



काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताका लागि संविधानसभाको प्रक्रिया रोक्नुपर्ने अडान राखेको छ।

मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका महन्थ ठाकुरले वार्ताका लागि आफूहरु तयार रहेको तर त्यसका लागि संविधानसभाको प्रक्रिया रोक्नुपर्ने माग गरेका हुन्।

प्रधानमन्त्री सुशील कोइरालाले आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुलाई मधेशी दलहरुको अडानबारे जानकारी गराएका हुन्।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानको मस्यौदा र सीमांकनको विरोध गर्दै आएको छ। साथै तराईका २२ जिल्लामा बन्द गराउँदै आएको छ।  सीमाङ्कन नगरी संविधान जारी गर्न लागिएको भन्दै संविधानसभा बैठकमा विरोध जनाएको मोर्चाले आफ्नो अडान संविधानसभाको प्रक्रिया रोक्नुपर्नेमा सारेको हो। 

संविधानसभामा आइतबार नै नयाँ संविधानको अन्तिम मस्यौदा विधेयकको रुपमा पेश हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell