PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

दोलखामा आजको परकम्पबाट एक महिला घाइते



दोलखामा आजको परकम्पबाट एक महिला घाइते

दोलखा : दोलखामा आइतबार दिउँसो गएको ५.१ रेक्टर स्केलको परकम्पबाट एक महिला घाइते भएकी छिन्। 

दोलखाको खारे गाविस वडा नम्बर ६ घर भएकी ४६ वर्षीया दुर्गा गुरुङ्ग घाइते भएका हुन् । विगतको भूकम्पबाट भत्किएको घर नजिकै काम गरिरहेकी उनको खसेको ढुङ्गा लागेर हात भाँचिएको हो।

आइतबार दिउँसो २ बजेर ४७ मिनेटमा दोलखा केन्द्र बनाई ५.१ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र तिब्बती सीमा नजिकैको गौरीशंकर संरक्षण क्षेत्रमा रहेको छ। 

एक महिनाभन्दा बढी समयपछि ५ म्याग्निच्युडको परकम्प आएको हो। यसअघि असार १७ गते सिन्धुपाल्चोक केन्द्र बनाई ५ म्याग्निच्युडको कम्पन भएको थियो। 

वैशाख १२ को भूकम्पपछि ३८३ वटा ४ म्याग्निच्युडमाथिका परकम्प केन्द्रले रेकर्ड गरेको छ। राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell