PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​विद्युतीय कारोबारमा सबैभन्दा बढी फेसबुकका मुद्दा, कोही पनि पक्राउ परेनन्



​विद्युतीय कारोबारमा सबैभन्दा बढी फेसबुकका मुद्दा, कोही पनि पक्राउ परेनन्

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अन्तर्गत रहेको पिलर ६ ले गएको एक वर्षमा इलेक्ट्रोनिक अपराधसम्बन्धी ६० वटा मुद्दामा अनुसन्धान गरेर १२ जनालाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पक्राउ परेका १२ जना मध्ये एक जनामात्र महिला छिन्।

यसमध्ये फेसबुकको विषयमा १३ वटा मुद्दाको अनुसन्धान भएको ब्युरोले जनाएको छ। तर यो विषयमा कोही पनि पक्राउ भने परेनन्। अरु सोसल मिडियाको विषयमा दुई वटा अनुसन्धान भएको भनिएको छ। यसमा पनि कोही पक्राउ परेका छैनन्।

ब्लगस्पटको विषयमा एउटा मुद्दाको अनुसन्धान भएको र झुटो इमेलको विषयमा एउटा मुद्दाको अनुसन्धान हुँदा एक जना पक्राउ परेको तथ्याङ्क छ।

विद्युतीय कारोबारमा सबैभन्दा बढी मुद्दा नै फेसबुक र कम्प्युटर फरेन्सिक्सको विषयमा अनुसन्धान भएको छ। मोबाइल फरेन्सिक्समा ११ मुद्दाको अनुसन्धान भएको छ भने एटिएम डाटा फरेन्सिक्समा दुई।

झुक्याउने (मलिसियस सफ्टवेयर) मा एउटा मुद्दामा एक जना पुरुष पक्राउ परेका छन्। वेबसाइट ह्याकिङका दुई मुद्दामा अनुसन्धान भए पनि कोही पक्राउ परेका छैनन्।

गलत सूचना प्रसारण गरेको एउटा मुद्दामा दुई पुरुष र एक महिला पक्राउ परेका छन् भने विद्युतीय रुपमा गैरकानुनी सामाग्री प्रकाशन गरेको मुद्दामा एक जना पुरुष। अनअथराइज्ड एक्सेसको तीन वटा मुद्दामा छ जना पुरुष पक्राउ परेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell