PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​नाराबाजी, विरोध र बहिस्कारबीच परिमार्जित विधेयक पेश, बुधबारदेखि छलफल हुने



​नाराबाजी, विरोध र बहिस्कारबीच परिमार्जित विधेयक पेश, बुधबारदेखि छलफल हुने

काठमाडौँ : थारु र मधेसकेन्द्रित दलहरुको बहिस्कार, राप्रपा नेपालको नाराबाजी र जिल्ला टुक्र्याइएकामा बाग्लुङे सभासदहरुको विरोधका बीच संविधानको परिमार्जित विधेयक संविधानसभामा आइतबार राति टेबल गरिएको छ। विधेयकमाथि बुधबार बिहान ८ बजेदेखि छलफल हुनेछ।

मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले विधेयक प्रस्तुत गर्दै भने, 'जनताको संविधानसभा छाडेर जनताको मतलाई संविधानमा समेट्न सकिदैँन। शान्त होऔँ र शान्त रहौँ र हामीले अनेकौँ फरक विचाराधारबाट यहाँ दलहरु आएका छौँ। तर सिङ्गो नेपाललाई शिरोधार्य गरेर संविधान निर्माण गर्नुपर्छ। यो नेपालको अस्तित्ववादसँग गाँसिएर हामीले संविधान बनाउन सक्दैनौँ।'
 
राप्रपा नेपालले गरेको विरोधको जवाफ दिँदै उनले भने, 'हामी राजतन्त्रको विषयमा छलफल गर्न सक्दैनौँ। यो जनआन्दोलनबाट आएको संविधानसभा हो। कसैको कृपाबाट आएको होइन।'

'देश टुक्रियो भने नेताले जिम्मेवारी लिने कि नलिने?'

त्यसअघि अध्यक्ष कमल थापा दिल्लीमा भएका कारण राप्रपा नेपालका तर्फबाट बोल्दै  कुन्ती शाहीले राप्रपा नेपालले १२ बुँदे सम्झौताले धोका दिएको भन्दै आएको स्मरण गराइन्। १६ बुँदेमा सम्झौता गर्ने दलले पनि आज सदभाव खल्ब्ल्याउन लागेको उनको आरोप थियो।
'मस्यौदा ल्याउँदा जनता खुसी हुनुपर्ने हो तर समुदाय-समुदाय बीचमा वैमनस्य भएको छ। भोलि देश टुक्रियो भने यो १६ बुँदेमा हस्ताक्षर गर्ने नेताले जिम्मेवारी लिने कि नलिने?' उनले प्रश्न गरिन्।
 
'९४ प्रतिशत हिन्दुमा रहेको देशमा जनमत संकलनबाट आएको मत मान्ने कि नमान्ने' भन्ने प्रश्न राख्दै उनले सोधे, 'हिन्दु राष्ट्र कायम गर्न कुन शक्तिले रोक्यो?'
 
आफूहरुले अझै पनि हिन्दु राष्ट्र हुन्छ भन्नेमा आशा राखेको बताउँदै विधेयक आएकोमा विरोध गर्ने उनले बताइन्।

रासस

जातीय द्वन्द्वको षड्यन्त्र

स‍ंघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी र फोरम गणतान्त्रिकले संविधानसभा बैठक बहिष्कार गरे।
 
संघीय समाजवादी फोरमका अशोक राईले राज्यको नागरिकको निर्ममतापूर्वक हत्या भएको उल्लेख गर्दै तराईमा मानिसहरुलाई उक्साएर राजनीतिक आन्दोलनलाइ जातीय द्वन्द्व बनाउन खोजिएको, लिकबाट बाहिर लैजाने काम भएको अत्यन्त गम्भीर विषय भएकोमा ध्यानाकर्षण गराए।
 
'जनताले चाहेजस्तो संविधान आउने अवस्था छैन। काग कराइ रहेछ पिना सुकिराखेको छ', उनले भने, 'शीर्ष नेताहरुले विवेकलाई बन्धक हुन नदिनुहोस्। समय अझै बाँकी छ, यो मुलुकलाइ समेटेर लैजानुपर्छ। अन्तरिम संविधानको व्यवस्था संस्थागत गर्नुपर्छ। विभिन्न समुदाय र क्षेत्रसँग गरेका सम्झौता संस्थागत गरेर जानुपर्छ।'
 

थारु हातमा दही जमाएर बस्दैन

बैठक बहिस्कार गर्नुअघि थारु सभासद् रुक्मिणी चौधरीले यहाँका शासकहरुले कैलाली कञ्चनपुरका बारेमा अहिले नै नसोचे थारुहरु हातमा दही जमाएर नबस्ने चेतावनी दिइन्।
 
थारुहरु राष्ट्रियताको लागि लड्दा समेत बेवास्ता गरिएको बन्दै उनले अब थरुहट आन्दोलन अनिश्चितकालका लागि अगाडि बढाउने घोषणा गर्दै भनिन्, 'याद गर्नुस् भाला र भाटा उठाउन तयार छ। हिन्दु राष्ट्रको नाममा राजा ल्याउने र विदेशीको हातमा शासन दिने तयारी भएको छ।'
 

मगरात छिन्नभिन्न गर्ने अधिकार तीन नेतालाई कसले दियो? 

त्यस्तै शिवलाल थापाले मगरात छिन्न भिन्न गर्ने अधिकार यी तीन नेतालाई कसले दियो भन्ने प्रश्न राख्दै भने, शीर्ष नेताहरुलाइ सत्बुद्धि आओस्। मगरात बासी कहाँ बस्न चाहन्छन्, इतिहास र भूगोल के हो भनेर हामीले ज्ञापन पत्र दियौँ तर सुनुवाइ कहीँ कतै भएन। एउटै जाति एउटै समुदायको तीन जना बसेर संविधान बनाउँदा सबैलाई पाच्य हुँदैन।
 
अर्का सभासद् गणेशमान पुनले थारुको सघन बसोबसाइ क्षत विक्षत हुँदा मन र मनोविज्ञान पनि क्षत विक्षत भएको भन्दै आदिवासीहरुको आन्दोलनमा सबैभन्दा बढी दमन भएको बताए। मस्यौदा अब आउँदा सच्याएर आउनु पर्ने तथा मगर र गुरुङको कल्ष्टर र थारुहरुको कल्ष्टर र सघनता सम्बोधन हुनुपर्नेमा त्यो नभएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell