PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीज : बिहान ३ बजेदेखि पशुपतिका चारै ढोका खुला



तीज : बिहान ३ बजेदेखि पशुपतिका चारै ढोका खुला

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीजका दिन बिहान ३ बजेदेखि साँझ ८ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने जनाएको छ। मन्दिरको नित्य पूजामा भने करिब एक घन्टा दर्शनको काम रोकिनेछ।

रातिसम्म नै दर्शनको व्यवस्था मिलाइएको छ । 


पशुपतिनाथको छिटो दर्शन गर्न चाहने भक्तजनका लागि रु एक हजारको टिकटको व्यवस्था मिलाइएको छ । 

मंगलबार पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आउने अशक्त तथा वृद्धवृद्धालाई छिटोछरितो पङ्क्तिको प्रबन्ध गरिने जानकारी दिए।

​कोषले मेला भर्न आउने भक्तजनलाई व्यवस्थित गर्न सञ्चालक समितिका सदस्य बबिता पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । रासस 


फाइल फोटो : पहिलोपोस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell