PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आज संविधानसभाको परिमार्जित विधेयक पारित हुँदै



आज संविधानसभाको परिमार्जित विधेयक पारित हुँदै

काठमाडौं : संविधानसभाले आज नयाँ संविधानको परिमार्जित विधेयक पारित गर्दैछ।

हिजोसम्म १ सय ७६ धारासम्म परेका संशोधन प्रस्तावलाई टुंगो लगाएको संविधानसभा बैठकले आज धारा १ सय ७७ देखि ३ सय २ सम्मका सबै धारामा परेका संशोधन प्रस्ताव टुंगो लगाउनेछ।

त्यसैगरी संविधानको नाम, प्रस्तावना र अनुसूचीहरु पनि सबै आजै पारित हुने संविधानसभा सचिवालयले जानकारी दिएको छ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासदहरुलाई तीजको शुभकामना दिँदै आजै परिमार्जित विधेयकलाई अन्तिम रुप दिइने बताइसकेका छन्। बिहान करिब ११ वजे सुरु भएको आजको बैठकले एक घण्टामा अहिलेसम्म २ सय ३० धारासम्म पारित गरेको छ।

धेरैजसो धारामा संशोधन प्रस्ताव नपरेको र परेकाहरु पनि बहुमतले अस्वीकार भएपछि छिटो पारित भएका हुन्। धारा १ सय ८१ मा रहेको प्रदेश सभा सदस्यको अयोग्यता सम्बन्धी फैसला संवैधानिक अदालतको सट्टा सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्नेछ भनी संशोधन गरिएको छ।

प्रमुख तीन दलको तर्फबाट राखिएको संशोधन प्रस्ताव बहुमतले पारित भएको हो।  अरु धाराहरुमा प्रमुख तीन दलको तर्फबाट संशोधन परेका छैनन् भने अरु सभासदले राखेका प्रस्तावहरु अस्वीकृत भएको छ।  
 
धारा १ सय ७७ मा प्रदेश सभाको कार्यकालको ब्यवस्था छ। जस अनुसार प्रदेश सभाको कार्यकाल ५ वर्षको हुनेछ भने संकटकालीन अवस्थामा थप एक वर्ष थप्न सकिने व्यवस्था छ।

धारा १ सय ७८ मा प्रदेश सभा सदस्यको योग्यता तोकिएको छ। त्यस्तै आजै प्रदेश सभाको काम, कर्तब्य र अधिकार समेटिएका धेरैजसो धाराहरु आजै पारित भएका छन्। प्रदेशको आर्थिक कार्यप्रणाली सम्बन्धी ब्यवस्था उल्लेख भएका धाराहरु पनि पारित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell