PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

असोज ३ गते दीपावली गर्न एमालेको कार्यकर्तालाई निर्देशन



असोज ३ गते दीपावली गर्न एमालेको कार्यकर्तालाई निर्देशन

काठमाडौं : नेकपा एमालेले संविधान घोषणा हुने दिन असोज ३ दीपावली गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ।

राष्ट्रिय एकता र उल्लासको महत्वपूर्ण दिन भएको भन्दै एमाले महासचिवद्वारा जारी प्रेस वक्तव्यमा विजय संदेश प्रवाह गर्न दीपावली गर्नुपर्ने उल्लेख छ। पार्टीका सबै कमिटी, जनसंगठन तथा सदस्य र आम जनसमुदायमा यस्तो आह्वान गरेको हो। त्यस्तै असोज ४ गते जुलुस, र्‍याली आयोजना गर्नसमेत निर्देशन दिएको छ।

नेकपा एमालेले आगामी असोज ३ गते मुलुकले संविधान पाउने निश्चित भएको सगौरव जानकारी गराउन चाहन्छ भन्दै मुलुकलाई समृद्धिको नयाँ दिशामा अघि बढाउने दूरगामी महत्वको दिन भएको उल्लेख गरेको छ।

'हाम्रो पार्टी संविधान जारी हुने दिनलाई मुलुकको समग्र जीवनकै एउटा सफल दिनका रुपमा स्थापित गरेर नयाँ संविधानको स्वागत गर्न चाहन्छ। त्यसनिम्ति सिंगो पार्टीपंक्ति र आम जनसमुदायले यस दिनलाई विशेष दिनका रुपमा मनाउन आवश्यक छ,' महाचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एमालेले संविधानको घोषणा तमाम शोषित पीडित जनता, मजदूर तथा पेशाकर्मी, किसान, उद्यमी–व्यवसायी, बुद्धिजीवी, महिला, युवा, विद्यार्थी, विभिन्न जात–जाति, दलित, उत्पीडित, मधेसी, मुस्लिम, थारु तथा सम्पूर्ण अल्पसंख्यक समुदायलगायत विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरुको ऐतिहासिक विजयको घोषणा हो भएको जनाएको छ।

विजयको सन्देश प्रवाह गर्न नेकपा (एमाले) आगामी असोज ३ गते साँझ आ–आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न पार्टीका सबै कमिटी, जनसंगठन तथा सदस्यहरु र आम जनसमुदायलाई आव्हान गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell