PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र आंशिकरुपमा हटाइयो



निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र आंशिकरुपमा हटाइयो

लहान : जिल्ला प्रशासन कार्यालय सिरहाले एक सातादेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्रलाई आज बिहानबाट आशिंकरुपमा हटाएको छ।
 
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले सुरक्षा अवस्था केही सामान्य बन्दै गएको तथा विभिन्न चाडपर्वलाई मध्यनजर गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान पुलदेखि  कमला पुलसम्मको ५०० मिटर दाँयाबायाँको क्षेत्रमा लगाउँदै आएको निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्रको समय आज बिहान ७ बजेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्मका लागि हटाइएको जानकारी दिए। तर प्रत्येक दिन बेलुका ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म अर्को सूचना जारी नहुञ्जेलसम्म सो क्षेत्रमा निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्र कायमै रहने उनले बताए।
 
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले रुख ढालेर गरेको अवरोध प्रहरीले हटाउने क्रममा गत भदौ २३ गते साँझ प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि स्थिति असहज भएको भन्दै स्थानीय प्रशासनले यही भदौ २४ गतेदेखि १२ बजेदेखि लहानस्थित बलान खोलादेखि कमला नदीको पुलसम्म र सहायक मार्गको नयाँ चाहर्वादेखि सिरहाको लच्कापुलसम्मको क्षेत्रमा निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
 
यसैबीच संयुक्त मधेसी मोर्चा र थारु सङ्घर्ष समितिले आह्वान गरेको आमहडतालका कारण आज ३३ औं दिनपनि सिरहाको जनजीवन प्रभावित भएको छ ।
 
आमहडतालको ३३ औँ दिन पनि सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानसहित सदरमुकाम सिरहा, गोलबजार, मिर्चैया, बन्दीपुरलगायतका स्थानबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भन्ने बजार पसल, कलकारखाना, शिक्षण संस्थासमेत बन्द छन् । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell