PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​राप्रपा नेपालले हिन्दुराष्ट्र हस्ताक्षर अभियान चलाउने



​राप्रपा नेपालले हिन्दुराष्ट्र हस्ताक्षर अभियान चलाउने

काठमाडौं : राप्रपा नेपालले देशलाई पुनः हिन्दुराष्ट्र कायम गराउन आगामी कात्तिक ७ गते अर्थात गाईपुजाको दिन अधिराज्यव्यापी हिन्दुराष्ट्र–हस्ताक्षर संकलन अभियान चलाउने भएको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्न दबाब दिन हिन्दुराष्ट्र–हस्ताक्षर संकलन अभियान चलाउने निर्णय गरेको हो।

राप्रपा नेपालले हिन्दुराष्ट्रको अजेण्डा उठाउने अन्य व्यक्ति, समुह र संघसंस्थाप्रति सहयोग, समर्थन र ऐक्यवद्धता रहने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।

यो अभियानलाई प्रभावकारी बनाउन पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा ऋषिबाबु परियार, गणेश थापा, रामकुमार सुब्बा, प्रा.डा.माधव भट्टराई, डा.लोकराज पौडेल, जनार्दन आचार्य, सिता लुईटेल र पवित्रा सुब्बा श्रेष्ठ रहेको ९ सदस्यीय वार्ता तथा समन्वय समिति गठन गरिएको उनले बताए।

यस्तै संविधानसभाको विवादित विषयलाई विधि र प्रक्रिया अर्थात जनमतसंग्रहबाट टुंगो लगाउन सशक्त जनदबाब दिन कात्तिक ४ गते बसन्तपुरमा बृहद् दबाब सभा आयोजना गर्ने राप्रपा नेपालले निर्णय गरेको छ।

बाराको सिमरौनगढमा शान्तिपुर्ण प्रदर्शनमा उत्रिएका स्थानीयवासीसँग सशस्त्र प्रहरीले ज्यादतिपूर्ण ढंगबाट हस्तक्षेप गरी गोली चलाउनेसम्मको क्रियाकलाप गरेको घटनाप्रति राप्रपा नेपाल निन्दा गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell