PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आधा घण्टाको अवरोधपछि संसद बैठक फेरि सुरु



आधा घण्टाको अवरोधपछि संसद बैठक फेरि सुरु

अपडेटः व्यवस्थापिका संसदको बैठक पुनः सुचारु भएको छ। बैठकमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बारा घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने लगायत बारामा आइतवार भएको सर्वपक्षीय सहमति पढेर सुनाएका छन्।

स्थानीयस्तरमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय भएकाले सभासदको मागअनुसार संसदीय छानबिन समिति गठन नहुने भएको छ।

काठमाडौं : बाराको सिम्रौनगढमा प्रहरीको गोली लागि स्थानीय बासिन्दा जयनारायण पटेलको हत्या भएको र कयौँ घाइते भएको घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दलले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन्।

उनीहरुले सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्। 'गृहमन्त्रीले संसदलाई ढाँट्ने काम गरे', मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, 'प्रहरीले लेखेको जस्तो बयान उनले  सुनाए।'

विपक्षीको बिरोधपछि सभामुख सुभाषचन्द्र नेम्वाङले ३० मिनेट संसद बैठक स्थगित गरेका थिए।

विपक्षी दलले बारा घटनामा मृत्यु हुनेलाई सहिद घोषणा गर्न माग गरेका छन्। मृतकका परिवारलाई १० लाख दिन, सडक निर्माण गर्न र मृतककै नाममा सडक नामाकरण गर्न माग गरेका छन्। 

बाटो मर्मत गर्नुपर्ने माग राख्दै भएको आन्दोलनका क्रममा गोली चलेर एक जनाको मृत्युपछि दुई दिनसम्म कर्फ्यु लगाउनु परेको बाराको सिम्रौनगढमा प्रशासन र स्थानीय बासिन्दाबीच १० बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell