PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बजार एकाधिकार अनुसन्धानकर्तालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार



बजार एकाधिकार अनुसन्धानकर्तालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं : यसपटकको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका प्राध्यापक जँ टिरोलले पाएका छन्। बजार शक्ति र नियमनबारेको अनुसन्धानकार्यका लागि ६१ वर्षीय अर्थशास्त्री टोरेललाई सन् २०१४ को नोबेल पुरस्कार प्रदान गरिएको रोयल स्विडिस अकाडेमी अफ साइन्सेजले जनाएको छ।

फ्रान्सको टोउलस क्यापिटल युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक टिरोल अहिलेको समयका प्रभावशाली अर्थशास्त्री हुन्। 'प्रभावशाली व्यवसायिक प्रतिष्ठानहरुलाई कसरी प्रभावकारी ढंगले नियमन गर्न सकिन्छ भन्नेमा उनको सैद्धान्तिक अनुसन्धान महत्वपूर्ण योगदान हो', अकाडेमीले लेखेको छ।

प्रभावशाली औद्योगिक प्रतिष्ठानको नियमन तथा बजार विश्लेषणमा उनले गरेको अनुसन्धानले नियमनबिनाको बजारले सिर्जना गर्ने दुष्परिणामका बारेमा प्रष्ट्याएका छन्।

धेरै उद्योगहरु थोरै संख्यामा रहेका ठूला व्यवसायिक प्रतिष्ठान अथवा 'सिंगल मोनोपोली' को नियन्त्रणमा छन्। यिनीहरुलाई नियमन नगर्दा गलत परिणामहरु निस्कन्छन्। लागतद्वारा प्रेरित कम्पनीका कारण बजार मूल्य बढ्ने तथा बढी उत्पादन दिने नयाँ कम्पनीलाई बजारमा आउन पुराना अनुत्पादक कम्पनीहरुले रोक्ने खतरा उनको अनुसन्धानमा औँल्याइएको छ।

सन् १९८० को मध्येदेखि यता टेरोलले गरेका अनुसन्धानहरुले नियमनबिनाको बजारको असफलताबाट मुक्ति पाउने उपायको सुझाएका छन्। व्यवसायिक प्रतिष्ठान र बजार शक्तिबारेका उनका विश्लेषणले मर्जर र कार्टेलिङलाई सरकारले कसरी व्यवस्थित गर्ने र बजार एकाधिकारलाई नियमन गर्ने भन्नेबारे एकीकृत सिद्धान्त उपलब्ध गराएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell