PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बबरमहलको व्यस्त सडकमा बस पल्टिँदा तीनको मृत्यु



बबरमहलको व्यस्त सडकमा बस पल्टिँदा तीनको मृत्यु

काठमाडौँ : बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतअगाडि भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। भर्खरै छ लेन बनाइएको सडकमा धुलिखेलबाट काठमाडौँ आउँदै गरेको बा१ख ८६७७ नम्बरको मिनिबस अनियन्त्रित भइ पल्टिएको हो। 

बस पल्टिएसँगै बा ६२ प ३६९८, बा ३६ प २३७६, बा ३७ प ७६३, बा ५६ प ३५३८ नम्बरका मोटरसाइकल पनि किचिएका थिए। 

ट्राफिक प्रहरी प्रवक्ता वसन्त पन्तले* आठ जना घाइते भएको जानकारी दिए। बसको चालक फरार भएको छन्। घाइते र शव नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको छ। घाइते मध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल रिफर गरिएको छ। 

पल्टिएको बसले मोटरसाइकल किचेपछि मोटरसाइकलमा रहेका  तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

दुर्घटनाका कारण सडक जाम भएको छ। दुर्घटनास्थलमा रमितेहरुको भिडका कारण ट्राफिकलाई जाम खुलाउन गाह्रो परिरहेको छ। 

त्यसैगरी आजै राति काठमाडौँमा भएको एउटा अर्को दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

पुरानो बसपार्कमा ट्याङ्करले ठक्कर दिँदा स्कूटी चालकको निधन भएको ट्राफिक प्रहरीले जनाएको छ।

*ट्राफिक प्रहरी प्रवक्ता वसन्त पन्त हुनुपर्नेमा थापा भएकाले सच्याइएको। 

बबरमहल दुर्घटनाका फोटो-



















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell