PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

टीकाकै दिन दुई महिलाले गरे आत्महत्या



धनगढी : कैलाली जिल्लामा बिहीबार दुई महिलाले आत्महत्या गरेका छन्।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ की २४ वर्षीया गीता सार्कीले आफ्नै घरको कोठामा झुन्डिइ आत्महत्या गरेकी हुन्।
  
मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएको छ।
  
यसैगरी, उर्मा गाविस–७ की ४० वर्षीया तारादेवी बूढामगरले घर नजिकैको रुखमा झुन्डिइ आत्महत्या गरेकी छिन्। प्रहरीले यी घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell