PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यी महिलाका अघि टाटाले पनि घुँडा टेक्नुप‌र्‍यो



यी महिलाका अघि टाटाले पनि घुँडा टेक्नुप‌र्‍यो

  • जस्टिन रोलेट/बीबीसी -
यो कथा हो अनौठो विद्रोहका। जहाँ छ हजार महिला मजदुरले विश्वकै एउटा शक्तिशाली कम्पनीमध्ये एक विरुद्ध मोर्चा खोले। आन्दोलनमा संलग्न महिलामध्ये केही मात्रैले पढ्नसम्म जानेका होलान।

एउटा यस्तो देश जुन लैगिक भेदभावले भरिएको छ। त्यहाँ यी महिलाले पुरुष प्रधान ट्रेड युनियन र राजनीतिक दललाई चुनौती मात्रै दिएनन्। आफ्नो आन्दोलनमा पुरुष सहकर्मीको हावा समेत निकालिदिए ।

यसपछि पनि महिलाले आफ्नो युद्धमा जित हाँसिल गरे। यी महिला केरलाको चिया बगानमा काम गर्ने मजदुर हुन् । उनीहरु त्यहाँको सबैभन्दा ठूलोमध्ये एक देवन हिल्स प्लांटेशनका लागि काम गर्छन। यो कम्पनीमाथि भारतीय बहुराष्ट्रिय कम्पनी टाटाको नियन्त्रण छ र टेटली चियामाथि पनि यसको स्वामित्व छ । कम्पनीले दिने बोनसमा कटौती गरेपछि चियाका पत्ती जुटाउने मजदुर महिलाको विरोध सुरु भयो। जुन विरोध धेरै टाढा पुगेको छ । एउटा विस्तारा भएको घरमा बस्ने यी महिलाको दैनिक आम्दानी २३० रुपैयाँ छ।
 
सेप्टेम्वरको सुरुआतमा कम्पनीले दिंदै आएको बोनस कटौती नगर्न, दैनिक मजदुरीको ज्याला बढाउन, जीवनस्तरमा सुधारको माग गर्दै महिला मजदुरले मागपत्र दिए। यसले कम्पनीलाई मात्रै चुनौती थपिएन, ट्रेड युनियनका लागि पनि चुनौती बन्यो। जसलाई मजदुरका प्रतिनिधी पनि मानिन्छ। महिला मजदुरको भनाई छ, ट्रेड युनियनका पुरुष नेताको कम्पनीका हाकिमसँग साँठगाँठ छ। उनीहरु महिला मजदुरका हकलाई पन्छाउँछन् र आफ्नो स्वार्थका लागि मालिकसँग मिल्छन्। महिला मजदुरको तर्क छ, जब केही वर्ष अघि चियाको मूल्य ज्यादै तल झर्यो तब केही मालिकले चिया बगान खाली गरे तर युनियनका नेताले भने आफ्नो जागिर बचाए।
 
उनीहरुको आरोप छ, ट्रेड युनियनले ती पूरुषको रक्सीको लत छोडाउन पनि प्रयाप्त कोसिश गरेनन्, जो आफ्नो बच्चाको शिक्षा र परिवारको स्वास्थोपचारको सट्टा पैसा रक्सिमा उडाउँछन्। त्यसपछि उनीहरुले ट्रेड युनियनको सहयोगविना एउटा प्रभावकारी आन्दोलन सुरु गरे। जब छ हजार महिलाले कम्पनीको मुख्यालय जाने सडक जाम गरे। उनीहरुले आन्दोलनलाई आफै संगठित पनि गरे। यसमा अधिकांश महिलासँग विरोध प्रदर्शनको इतिहास पनि छैन् । उनीहरु आफूलाई 'पेम्पलई ओरुमाई' भन्छन, जस्को अर्थ हो महिला एकता ।
 
यी महिलाले केरलाको सबैभन्दा लोकप्रिय पर्यटकस्थल मुन्नारको घेरावन्दी गरेका थिए। त्यसपछि त्यहाँको व्यापार र पर्यटन ठप्प भएको थियो। जब ट्रेड युनियनका पुरुष नेताले यो प्रर्दशनमा सहभागी हुने कोशीश गरे तव महिलाले उनीहरुलाई भगाए। एक पूर्व ट्रेड युनियन नेतामाथि त उनीहरुले चप्पलले हाने। महिला आन्दोलनकारीले स्थानीय राजनीतिक दलका नेतालाई पनि बाहिरको बाटो देखाइदिए। र उनीहरु जबसम्म आफ्नो मागको सुनुवाई हुँदैन तवसम्म आन्दोलन गर्ने धम्कि दिए। पहिले त कम्पनीले उनीहरुको मागलाई सुनुवाई गरेन तर नौ दिनसम्म आन्दोलन चलेपछि मुख्यमन्त्रीको रेखदेखमा म्याराथन वार्ता चल्यो। जहाँ कम्पनी घुँडा टेक्न बाध्य भयो। यो आश्चर्यजनक थियो। जहाँ कम पढेलेखेका महिलाको समूहले राज्यमा ठूलो हैसियत राख्ने कम्पनीविरुद्ध मोर्चा खोले र उनीहरुले जित पनि हाँसिल गरे। वार्तामा पनि महिला नै सहभागी भए र उनीहरुले २० प्रतिशत बोनसलाई निरन्तरता दिन कम्पनीको व्यवस्थापनलाई राजी गराए। मजदुरी बढाउने मुद्दा छट्टै टुङ्ग्याउने गरी सहमति भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell