PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​आफ्नै बसबाट किचिएर सहचालकको मृत्यु



विराटनगर : आफ्नै बसले किचेर घाइते भएका सहचालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।
 
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी कुशहा–४ मा ना ५ ख ४९२५ नम्बरको यात्रुवाहकको सहचालक दीपक कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
 
प्रहरीको सुरक्षा घेराका लागि पर्खेर बसेका सो बसका सहचालक कार्की सोही बसमुनि भूँइमा सुतेको अवस्थामा बस चालकले बस अगाडि बढाउने क्रममा कार्की किचिएका थिए।
 
बससहित चालकलाई अनुससन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell