PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दसैं सकिएको भन्दै आन्दोलनकारी गरे लहान बन्द



लहान : विजयादशमीलाई मध्यनजर गरी सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र सिरहाको लहानमा आमहड्ताललाई खुकुलो पारेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानदेखि पुनः आन्दोलन सशक्त पारेको छ।

संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज बिहानैदेखि लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन्।

विजयादशमी भरि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दसैँ सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell