PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​टोखामा मनाइयो खड्ग जात्रा



काठमाडौँ : उत्तरी काठमाडौंको पुरानो बजार टोखामा आज खड्ग जात्रा गरिएको छ।
 
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशी (आजको दिन) त्यहाँ यस किसिमको जात्रा गर्ने परम्परा छ।
 
विधि विधानअनुसार खड्गको पूजा गरी त्यसलाई बाँसले छोपेर खटमा राख्ने गरिन्छ। स्थानीय तलेजु मन्दिरबाट निकालिएको जात्रा तल्लो लाछीसम्म पुर्‍याइएको थियो।
 
तलेजुका पूजारी हेमराज श्रेष्ठले खड्गको पूजा गरी जात्राका लागि अनुमति दिएपछि सो जात्रा सुरु भएको हो।
 
सो जात्रा कहिलेदेखि निकाल्न थालिएको भनेर यकिन साथ भन्न नसकिए पनि प्राचीन समयदेखि टोखाको सुरक्षाका लागि वर्षमा एकपटक सो जात्रा गरिएको विश्वास छ।
 
वर्ष दिनमा एक दिन मात्र एकादशीका दिन सर्वसाधारण नागरिकको दर्शनका लागि खड्ग जात्रा गरिने हुँदा त्यहाँ विशेष मेला लाग्ने गर्दछ।
 
त्यस क्षेत्रका जीवित देवी, कुमारी र गणेशको समुपस्थितिमा देखाउने खड्ग जात्राले त्यहाँका नागरिक तथा त्यस क्षेत्रको सुरक्षा हुने जनविश्वास रहेको ईन्द्रायणी दापा खलःका संस्थापक अध्यक्ष मनिराज डङ्गोलले जानकारी दिए। गत वैशाखमा गएको भूकम्प र पटकपटकका परकम्पका कारण त्यस क्षेत्रका परम्परागत महत्व बोकेका सम्पदा जोखिम छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell