PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वीरगञ्जमा भारतीय नागरिक मारिएकोबारे परराष्ट्रले निकालेको विज्ञप्तिका पाँच प्रमुख बुँदा



वीरगञ्जमा भारतीय नागरिक मारिएकोबारे परराष्ट्रले निकालेको विज्ञप्तिका पाँच प्रमुख बुँदा

​काठमाडौँ : वीरगञ्जमा आज भएको घटनामा एक भारतीय नागरिक मारिएको घटनाबारे परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार साँझ आधिकारिक वक्तव्य जारी गरेका छन्। वक्तव्यमा उल्लेखित पाँच प्रमुख बुँदा

१) नेपाल प्रहरीले आज बिहान वीरगञ्ज-रक्सौल सीमा चेक प्वाइन्टमा प्रदर्शनकारीको अवरोध सफलतापूर्वक हटाएको थियो। यस क्रममा पक्राउ परेका पाँच जना मध्ये दुई जना भारतीय नागरिक थिए। 

२) अवरोध हटाइसकेपछि विगत कयौँ सातादेखि नेपाली भूमिमा अलपत्र परेका सबै भारतीय ट्रकहरु बिहान साढे १० बजेसम्ममा भारत प्रवेश गरे। तर भारतीय भूमिबाट नो म्यान्स ल्यान्ड (दश गजा क्षेत्र) मा भिड प्रवेश गर्‍यो। अन्तर्राष्ट्रिय सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सुरक्षाकर्मीहरुले फर्कने निर्णय गर्दै गर्दा भिड बढी आक्रामक बन्यो र हिंस्रक बन्दै नेपाली सुरक्षाकर्मीमाथि ढु‌ंगा हान्न थाल्यो। 

३) यस क्रममा १७ नेपाली प्रहरी घाइते भए। त्यसपछि भिडले पेट्रोल बम प्रहार गर्न थाल्यो र वीरगञ्जको एउटा स्थानीय प्रहरी चौकीमा आक्रमण गर्‍यो। नेपाली प्रहरीले भिडलाई चेतावनी दियो, अश्रुग्यास हान्यो र अधिकतम स‍ंयमता अपनायो। अन्तिममा स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्‍यो, जसका क्रममा एक भारतीय नागरिक आशिषकुमार रामको मृत्यु भयो। 

४) माथि उल्लिखित घटनाका कारण एक भारतीय नागरिकको ज्यान गएकोमा मन्त्रालय दुःख व्यक्त गर्छ। 

५) नेपाल सरकार वार्ताबाट राजनीतिक प्रश्नको सम्बोधन गर्न प्रतिवद्ध छ र यस विषयमा वार्ता सही दिशान्मुख छ। नेपाल सरकार शान्ति र सुरक्षा बहाल राख्न र नेपाली र नेपाली भूमिमा विदेशी ट्रान्सपोर्टरहरुको सुरक्षाका लागि पनि उत्तिकै प्रतिवद्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell