PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​दोस्रो लटको चिनियाँ पेट्रोल नेपाल भित्रियो



धुन्चे (रसुवा) : दोस्रो लटमा पेट्रोल भर्न केरुङ गएका तीनवटा ट्याङ्कर इन्धन भरी अहिले साँझ टिमुरे आइपुगेका छन्। 

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार आज बिहान केरुङ गएका ती ट्याङ्करले ३२ हजार लिटर पेट्रोलियम पदार्थ बोकी नेपाल फर्किएका हुन्। 

आइतबार काठमाडौँबाट आएका थप चारवटा ती ट्याङ्करमध्ये एकवटा टिमुरेमै रहेको छ। 

केरुङमा ल्याइएको पेट्रोलियम पदार्थ नेपालमा पठाइसकेको र थप इन्धन सिकात्छेबाट केरुङ आउँदै गरेकाले केही समयका लागि नेपालकै भू–भागमा खाली ट्याङ्कर राख्न चिनियाँ सुरक्षाकर्मीले आग्रह गरेपछि एकवटा ट्याङ्कर टिमुरेमै राखिएको र त्यो ट्याङ्करमा भोलिसम्म इन्धन भरिने बताइएको छ । 

हालसम्म एक लाख ४३ हजारभन्दा बढी लिटर पेट्रोलिएम पदार्थ नेपाल भित्रिसकेको सीमा क्षेत्रका सुरक्षाकर्मीेले बताएका छन् । 

पहिलो लटमा आएका १२ वटा ट्याङ्कर भने इन्धन बोकी केन्द्रीय भण्डार थानकोटमा पुगिसकेको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell