PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​भारतबाट फर्किएका युवकको घर नजिकै लडेर मृत्यु



जाजरकोट : यहाँको भेरी मालिका नगरपालिकाका ३५ वर्षीय देवबहादुर रोकायको सोमबार बेलुकी लडेर मृत्यु भएको छ। 

भारतबाट कमाइ गरी घर पुग्न करिब दुई घन्टा बाँकी रहँदा रोकायको भेरी मालिका नगरपालिका– ९ कै लित्ताबाट पैडी आउँदै गर्दा भिरालो बाटोमा लडेर मृत्यु भएको प्रहरीले बताएको छ।  शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell