PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

थप तीन ट्याङ्कर तेल धुन्चेबाट काठमाडौँ ल्याइँदै



थप तीन ट्याङ्कर तेल धुन्चेबाट काठमाडौँ ल्याइँदै

धुन्चे (रसुवा) : दोस्रो चरणअन्तर्गत चीनबाट सोमबार साँझ नेपाल भित्रिएको पेट्रोलियम पदार्थको ट्याङ्कर मंगलबार बिहानै काठमाडौँ पठाइएको छ। 

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार पेट्रोलियम पदार्थ बोकेका तीन ट्याङ्कर बिहान ७ बजे नै धुन्चेबाट राजधानीको थानकोटका लागि छुटेका छन्। 

चिनियाँ ट्याङ्करले तेल लिएर केरुङ आइपुग्न बाँकी रहेका कारण तेल भर्न गएको एउटा ट्याङ्कर भने टिमुरेमा रहेको र सम्भवतः मंगलबार साँझसम्ममा दोस्रो लटको बाँकी एक ट्याङ्कर तेल भर्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell