PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राप्रपा नेपालबाट २ राज्य र २ सहायकमन्त्री सिफारिस



राप्रपा नेपालबाट २ राज्य र २ सहायकमन्त्री सिफारिस

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।

सो पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठका अनुसार सो पार्टीले स्थानीय विकास र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा अध्यक्ष कमल थापालाई पठाउनेछ। थापाले हाल उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाली रहेका छन्।

यस्तै विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका रामकुमार सुब्बालाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ। त्यस्तै स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई सिफारिस गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell