PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पोखरा नगरसभामा कांग्रेसको अवरोध



नरहरि पौड्याल

पोखरा नगरसभामा कांग्रेसको अवरोध

पोखरा: पोखरा लेखनाथ महानगरपालिकामा कर्मचारी भर्ना छनौंट प्रक्रियामा अनियमितता गरेको भन्दै काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा नाराबाजी गरेका छन्। उनीहरुले गरेको नाराका कारण नगरसाभाको बैठक संचालनमा अवरोध पुगेको छ। 

मंगलबार बिहान साढे ११ बजे मेयर मानबहादुर जिसीले नगरसभा सुरु गरे लगत्तै काँग्रेसका वडा अध्यक्ष रामराज लामिछाने अनियमिताको छानबिन नभएसम्म सभा अगाडि बढ्न नदिने जानकारी गराएका थिए।

त्यस पछि सहमतिका लागि भन्दै मेयर जिसीले काँग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने २–२ जना जनप्रतिनिधि राखेर १५ मिनेटको समय दिएका थिए। तर, पनि उक्त अवधिमा सहमति जुट्न नसकेपछि सभा सञ्चालन हुन सकेको छैन। 

केही दिनअघि महानगरले इञ्जिनिय, सवइञ्जिनियर र अनमिलगायतका पदहरुमा मनोमानी तथा अनियमित तवरबाट सेटिङ मिलाएर आफ्नो पक्षका कर्मचारीको पदपूर्ति गरेको भन्दै काँग्रेस समर्थित जनप्रतिनिधि आक्रोशित बनेका हुन्। उनीहरुले कर्मचारी पदपूर्ति प्रक्रिया खारेज नभएसम्म सभा अघि बढ्न नदिने चेतावनी दिएका छन्।

नगरसभामा १ सय ६७ जना जनप्रतिनिधि मध्ये काँग्रेसबाट ४७ जना प्रतिनिधि छन्। पोखरा सभागृहमा गत सातादेखि महानगरको सभा सुरु भएको हो। फागुन २९ महानगरको दोसो नगर सभाको पहिलो बैठकमा १८ वटा विधेक टेबुल भएका थिए। 

महानगरको सभाले पारित गर्ने विधेयकबारे नगरसभाका सभासद्ले आवश्यक अध्ययन गर्ने भन्दै समय माग गरेपछि चैत्र ६ गते मंगलवार बस्नेगरी केही दिन बैठक स्थगितगरिएको थियो। तोकिएको समय अनुसार आज बैठक सुरु हुने वित्तैकै उनीहरुले अबरुद्ध गरेका हुन्।  

महानगरीय कृषि ऐन, कृषि बजार प्रबर्द्धन ऐन, सहकारी ऐन, कर्मचारी व्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, योजना आयोग गठन कार्यविधि,लगायतका निर्देशिका सोमबारको सभामा पेश भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell