PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एसियन यू-१९ पुरुष बिच भलिबलमा नेपालले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियन यू-१९ पुरुष बिच भलिबलमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं : आगामी २३ देखि २५ मार्चसम्म थाइल्यान्डको नखन पाथेममा हुने यू–१९ बिच भलिबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गरने भएको छ। नेपालबाट अशोक सुनार र प्रकास केसीको जोडीले सहभागिता जनाउनेछन्।

यू–१९ पुरुष बिच भलिबल च्याम्पियनसिपमा खेल्न जाने नेपाली युवा टोलीलाई मंगलवार बिदाई गरिएको छ।

नेपाल विद्यालय भलिबल कमिसनले २ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई बिदाई गरेको हो। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय कमिसनका अध्यक्ष राम केसी, सचिव लोकेन्द्र खड्का र सेन्ट डेभिस स्कुलका विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी तामासाङले नेपाली टोलीलाई बिदाई गरे।

प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, इरान, भियतनाम, श्रीलंका र कम्बोडियालगायत २३ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट ५ देशले अर्जेन्टिनामा आगमी वर्ष हुने युथ ओलम्पिक गेम्समा छनोट हुनेछन्।

नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell