PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पुरा : विजेतालाई १५ लाख



चन्द्रकान्त खनाल

मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पुरा : विजेतालाई १५ लाख

रुपन्देही : बुटबलमा हुने तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत्र ९ गते देखी संञ्चालन हुने भएको छ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा बुटवलको रामनगरमा रहेको मानबिज्ञान उच्च माबिको खेलमैदानमा १० दिनसम्म प्रतियोगिता चल्ने छ। प्रतियोगिताको चैत ९ गते राष्ट्रपति बिद्यादेवि भण्डारीले उद्घाटन गर्ने तय भएको स्पोर्टस एकेडेमी, प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्तीले बताए।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घर्तिले भोली सम्ममा सबै तयारी पुरा हुने बताए। प्रतियोगितामा मलेसियाको एक र नेपालका ए डिभिजनका ९ गरी १० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक नन्दु काउचाले बताए।

आयोजक टिम, सुदूर-पश्चिम ११, त्रिभुवन आर्मी क्लब, थ्री स्टार क्लब, हिमालयन मलेसिया, झापा-११, शसस्त्र प्रहरी एपीएफ, सुनौलो संगम-११ बुटवल, मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिसले सहभागिता जनाउनेछन्।

प्रतियोगितामा च्याम्पियन हुनेले १५ लाख र दोस्रो हुनेले ७ लाख ५० हजार पुरस्कार हात पार्नेछन्।

प्रतियोगिता अवधिभरका लागि प्रत्येक खेलाडीको ३ लाख बराबरको बिमा समेत गरिएको  आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell