PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पर्सामा अर्को बलात्कारको घटना, १२ वर्षीया बालिका बलात्कृत



राधेश्याम पटेल

पर्सामा अर्को बलात्कारको घटना, १२ वर्षीया बालिका बलात्कृत
प्रतीकात्मक तस्वीर

वीरगंजः पर्सामा फेरि एक नावालिका बलात्कृत भएकी छिन्। पटेर्वा सुगौली गाउँपालिका ५ निचुटामा १० वर्षीया नाबालिकामाथि बलात्कार भएको दुई साता पनि नबित्दै जिल्लाको पर्सागढी नगरपालिकामा अर्को घटना सार्वजनिक भएको हो।

विद्यालयबाट घर फर्केर पोसाक बदल्न लागेकी १२ वर्षीया नावालिकालाई घरमा कोही नभएको मौका पारेर छिमेककै एक युवाले बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ।

बालिका बलात्कार गर्ने पर्सागढी नगरपालिका–३ झबराहाका स्थानीय सीताराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएकी थिइन्। अभिभावकले तत्कालै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए।

पक्राउ परेका पौडेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। पीडित बालिकाको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell