PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल हुँदै



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल हुँदै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आज छलफल हुँदैछ। मुख्यमन्त्रीहरुले कर्मचारी व्यवस्थापन र कानुन अभावका कारण प्रदेश सरकार व्यवस्थापनमा कठिनाइ भएको बताएपछि प्रधानमन्त्री ओलीले छलफलका लागि मुख्यमन्त्रीलाई बोलाएका हुन्।

बिहान ११ बजे छलफलको समय तय भएको छ। छलफलमा प्रदेश सरकार सञ्चालनमा एकरुपता ल्याउने, आर्थिक तथा कानुनी संरचनाको निर्धारण गर्ने लगायतका विषय समेटिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। छलफलमा मुख्यमन्त्रीसँगै प्रदेश सरकारका सचिव र मुख्य न्यायाधिवक्ताहरुलाई पनि बोलाइएको छ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय महत्वका विषयमा नेपाल सरकारले समन्वय गरी प्रदेश मन्त्रिपरिषदलाई निर्देशन दिन सक्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell