PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युएस बंगला विमान दुर्घटनाः छानविन समितिले सक्यो घाइतेसँगको बयान



पहिलोपोस्ट

युएस बंगला विमान दुर्घटनाः छानविन समितिले सक्यो घाइतेसँगको बयान

काठमाडौं: यूएस बांगला एयरलाइन्सको विमान दुर्घटनाबारे गठित छानविन समितिले तीन साताभित्र प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्ने भएको छ।

विमान दुर्घटना भएको भोलिपल्ट देखि नै काम सुरु गरेको समितिले पहिलो चरणमा घाइतेसँग बयान लिइसकेको छ। समिति अध्यक्ष यज्ञप्रसाद गौतमले घाइतेसँगको बयना सकिएको जनाकारी दिए।

अस्पतालमा उपचाररत घाइतेहरुले विमान ल्यान्ड गर्ने क्रममा पिचमा टच गर्दासम्म आफूलाई थाहा भएको त्यसपछि भने कुनै पनि जानकारी नभएको बयान समितिलाई दिएका छन्।

अध्यक्ष गौतमले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'अधिकांश घाइतेहरुको एउटै भनाई छ। विमान अवतरण गर्दासम्म सबै ठीकै थियो त्यसपछि केही थाहा नै पाइएन।'

अध्यक्ष गौतमले घाइते अवस्थामा प्रारम्भिक बयानमात्र भएकाले डिस्चार्जपछि पुनः बयान लिइने जानकारी दिए।

छानविन समितिले बंगलादेशबाट आवश्यक कागजपत्र समेत मगाइसकेको छ। दुर्घटनामा भेटिएको 'ब्ल्याकबक्स' क्यानडा पठाएपछि थप प्राविधिक जानकारी आउने अध्यक्ष गौतमले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चालकले एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशअनुसार ल्यान्ड नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरेको छ। युएस बंगला एयरले भने एटीसीको गलत सूचनाका कारण विमान दुर्घटनामा परेको जनाएको छ। एटिसीको खराब सूचनाका कारण विमान दुर्घटनामा परेको र यसमा विमानका चालकको कुनै दोष नरहेको उसले दाबी छ।

बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगलाको विमान फाल्गुन २८ गते अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा २१ नेपाली २६ बंगलादेशी, तथा चिनियाँ र माल्दिभ्सकका एक/एक नागरिकको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell