PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा, समीक्षा बैठक स्याफ्रुबेंसीमा



पहिलोपोस्ट

कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा, समीक्षा बैठक स्याफ्रुबेंसीमा

नुवाकोट: नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुदैछ। 

सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले बताए।
“सम्मेलनमा सहभागी हुने सबै जिल्लाका कोषाध्यक्ष आउने क्रम शुरु भएको छ,” पुडासैनीले भने। 

“पछिल्ला निर्वाचनको परिणामले पार्टी कमजोर बनाएको समयमा हुनलागेको यो सम्मेलनले पार्टीलाई थप सुदृढ र बलियो बनाउन सहयोग पुग्ने छ,” संयोजक पुडासैनीले भने–“पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी हुने भएकाले गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन सम्मेलन सार्थक हुने विश्वास छ।” 

जननायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसर बनाएर आयोजना गरिएको सम्मेलन आजबाट शुरु भई भोलि बन्द सत्रसहित प्रशिक्षण र ९ गते रसुवाको स्याफ्रुबेंसीमा समीक्षा बैठकसहित पत्रकार सम्मेलन गरी सयुक्त घोषणापत्र जारी गरेर सम्पन्न हुने कांग्रेस रसुवाका कोषाध्यक्ष पदम न्यौपानेले जानकारी दिए। 

पार्टीका कोषलाई बढी व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन भेला केन्द्रित हुने जनाएको छ। कांग्रेसलाई अझ बढी सबल, सुदृढ र सक्षम बनाउनका लागि पनि यो सम्मेलनले सहयोग पुर्‍याउने काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए। 

सम्मेलनले पार्टीको भावी रणनीतिसमेत तय गरिने उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell