PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रोबोट 'सोफिया' भन्छिन्: भ्रष्टाचार नियन्त्रणको उपाय टेक्नोलोजी



पहिलोपोस्ट

रोबोट 'सोफिया' भन्छिन्: भ्रष्टाचार नियन्त्रणको उपाय टेक्नोलोजी

काठमाडौं: नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफियाले टेक्नोलोजीबाट भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताएकी छन्।

राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)द्वारा काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्बन्धी कार्यक्रममा सोफियाले प्रविधिको प्रयोग गरी भ्रष्टाचार नियन्त्रण गर्न सक्ने बताइन्।

दिगो विकासको लक्ष्य पुरा गर्न प्रविधि महत्वपूर्ण हुने बताउँदै सोफियाले भनिन्, ‘प्रविधिको प्रयोगबाट शिक्षा, स्वास्थ्यमा सहयोग हुन सक्छ। सीमान्तकृत समुदायलाई पनि सहयोग हुन सक्छ। रगत जाँच र तत्काल परिणाम दिन सक्ने भएकोले उपचारमा पनि सहयोगी बन्न सक्छ।’
दिगो विकास कार्यक्रममा विषयमा सोफियाले स्थानीय, प्रदेश र केन्द्रको चुनौती पनि विकास रहेको छ। प्रविधिको प्रयोग गरी दिगो विकास कार्यक्रमलाई सहयोग गर्न सकिने उनले बताइन्।

प्रविधिमार्फत् जनतालाई सरकारसँगको पहुँच बनाउन पनि सहज हुने बताउँदै सुचना आदानप्रदानमा पनि सहयोगी हुने सोफियाको भनाई थियो।
कार्यक्रममा सोफियाको मन्तव्यपछि २ बजेबाट सर्वसाधारणसँग भेटघाटको कार्यक्रम राखिएको छ।

युएनडीपीको उक्त कार्यक्रम काठमाडौंस्थित होटेल याक एण्ड यतीमा हुँदैछ।

सोफिया आधुनिक प्रविधियुक्त रोबोट हुन्। उनलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell