PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पूजा भट्टको दोस्रो किताब महेश भट्टमाथि



पहिलोपोस्ट

पूजा भट्टको दोस्रो किताब महेश भट्टमाथि

बलिउड हिरोइन तथा निर्देशक पूजा भट्टले आफ्नो दोस्रो पुस्तकका लागि काम थालेकी छिन्। पूजाको दोस्रो किताब उनकै बाबु महेश भट्टमाथि हुनेछ।
 
विवादित, निडर र रोचक फिल्म निर्देशकको छवि बनाएका महेश भट्टमाथि किताब लेख्न लागेको पूजाले स्वीकार्दै भनिन्, 'मैले मेरो दोस्रो किताबका लागि काम थालेको छु। यो मेरो बुबामाथिको हुनेछ।'

पूजासामु चर्चित निर्देशक भट्टका जीवनका पाटो खोतल्न कुनै वाधा छैन। पूजामात्र होइन महेश भट्टसँग बलिउड फिल्म इन्ड्रस्टीकै एउटा सिंगो पुस्ता प्रभावित छ।
 
त्यसो त अटोबायोग्राफी लेख्नका लागि सल्लाह नपाएकी होइनन् पूजाले। 'मेरा एकजना साथीले अटोबायोग्राफी लेख्न सुझाएका थिए। तर, अटोबायोग्राफीमा सत्य लेख्नुपर्छ। र, म त्यसो गर्न सक्दिन किनकि मसँगै धेरै मानिसहरु जोडिएका छन्। ती कुरालाई लुकाएर मेरो जीवनमा छ नै के? जब मेरो उमेर बढ्दै गएँ मैले महसुस गरेँ कि मेरो सत्य अरुको जीवनका लागि सह्य नहुनसक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell