PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हुँदै नभएको पार्टीले सिट जित्नेदेखि एक मतदातालाई एक हजारभन्दा बढी खर्च : ईयु रिपोर्टका ६ तथ्य



हुँदै नभएको पार्टीले सिट जित्नेदेखि एक मतदातालाई एक हजारभन्दा बढी खर्च : ईयु रिपोर्टका ६ तथ्य

काठमाडौँ : युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले हिजो सार्वजनिक गरेको अन्तिम रिपोर्टका रोचक ६ बूँदा

१) एक मतदातामाथि एक हजारभन्दा बढी खर्च  

रिपोर्टमा निर्वाचन खर्चको विषयमा पनि जानकारी दिइएको छ। जानकारी अनुसार एक मतदातामाथि समग्रमा एक हजार २० रुपैयाँ खर्च भएको छ। आयोगले पुस २२ सम्ममा दाबी गरेअनुसार नेरु ५ अर्ब ६२ करोड खर्च भएको छ जसमा सुरक्षा सम्बन्धी खर्च समावेश छैन। सुरक्षा सम्बन्धी खर्च जोडेर कूल खर्च नेरु १५ अर्ब ७० करोड वा प्रति मतदाता नेरु १,०२० परेको छ। आयोगका अनुसार, केही बाँकी तिरोधरो पूरा भएपछि यो आँकडा बढ्न सक्छ। 

२) समान मताधिकार भएन

निर्वाचन क्षेत्र निर्धारण आयोगले २०६८ सालको जनगणनाको प्रयोग गरी २०७४ साउनसम्ममा ४२ दिनमा आफ्नो कार्य सम्पन्न गर्यो । प्रत्यक्ष निर्वाचन क्षेत्रतर्फ दर्ता भएका मतदाताहरूको संख्यामा ठूलो भिन्नता भएबाट समान मताधिकार पूर्णतया उपलब्ध नभएको रिपोर्टमा जनाइएको छ।  

३) बदर मतको तथ्याङ्क लुकाइयो

निर्वाचन क्षेत्रको मतदाता दर्ता सम्बन्धी तथ्यांक सार्वजनिक रूपमा उपलब्ध गराइएन। मतदान केन्द्रमा मतदाताको सहभागिता र अवैध (बदर) मत सम्बन्धी महत्वपूर्ण जानकारी प्रकाशन गर्न पनि आयोग विफल भएको रिपोर्टमा उल्लेख छ।  

४) पर्यवेक्षणमा बन्देज

ईयु पर्यवेक्षकहरूलाई २२ वटा मतदान केन्द्रमा पहुँच दिइएन र २९ वटा मतदान केन्द्रमा गम्भीर रूपमा पर्यवेक्षणमा बन्देज लगाइएको रिपोर्टमा जनाइएको छ । पहुँचमा सम्बन्धी सबैभन्दा ठूलो समस्या कैलाली, कञ्चनपुर, ललितपुर, गोर्खा, सुनसरी, पाल्पा र भक्तपुर जिल्लामा रिपोर्ट भएको जनाइएको छ ।  

५) टिभीमा धेरै खर्च गर्ने कांग्रेस, रेडियो र अखबारमा एमाले


ईयु ईओएमले १३ वटा राष्ट्रिय सञ्चारमाध्यमको अनुगमन गर्दा रेडियो नेपालले नेपाली कांग्रेसको पक्षमा असमानुपातिक मात्रामा समय दिएको पायो। प्रसारणका हिसाबले टिभी विज्ञापनमा सबैभन्दा बढी अर्थात् २९ प्रतिशत खर्च गर्नेमा नेका सबैभन्दा ठूलो पार्टी थियो भने अनुगमन गरिएका रेडियो र अखबारमा सबैभन्दा बढी अर्थात् क्रमशः ३१ प्रतिशत र ३७ प्रतिशत प्रसारण र प्रकाशन गर्ने सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) थियो। सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय दल नेपाली कांग्रेस रहेको रिपोर्टमा छ। 

६) हुँदै नभएको पार्टीले सिट जित्यो 


रिपोर्टमा प्राविधिक कमजोरीहरु पनि देखिएको छ। नेपाली भाषाको प्रतिवेदनमा प्रदेश ३ को प्रदेश सभामा बहुजन समाजवादी पार्टीले तीन सिट जितेको भनिएको छ जुन पार्टी नेपालमा अस्तित्वमा नै छैन। विवेकशिल साझा पार्टीको नाम रहनुपर्ने ठाउँमा झुक्किएर भारतीय पार्टीको नाम रहन गएको देखिन्छ। 

सम्बन्धित समाचारहरु
ईयुको रिपोर्टमा खसआर्य र क्रिश्चियन बारे के छ? 
खस आर्य आरक्षण हटाऊ, भाडामा बस्नेलाई भोट हाल्न देऊ : इयु मिसन
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell