PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मन्त्रिपरिषदको निर्णय: सरकारको काम सही तरिकाले अघि बढाउन पाँच समिति गठन



पहिलोपोस्ट

मन्त्रिपरिषदको निर्णय: सरकारको काम सही तरिकाले अघि बढाउन पाँच समिति गठन

काठमाडौं: सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। 

बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ। आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले बताए। उनका अनुसार यसअघि सचिवालयमा ४७ सदस्य रहँदै आएकामा अब २८ सदस्य बनाउने तयारी गरिएको छ । 

राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell