PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वेष्ट इन्डिज वर्ल्डकपमा छनोट, स्कटल्याण्ड अभागी



पहिलोपोस्ट

वेष्ट इन्डिज वर्ल्डकपमा छनोट, स्कटल्याण्ड अभागी
फोटो : आइसीसी

सन् २०१९ मा इंग्ल्याण्डमा हुने वान डे क्रिकेट वर्ल्डकपका लागि वेष्टइन्डिज छनोट भएको छ।

जिम्बावेमा भइरहेको क्वालिफायर अन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई डिएल मेथडमा ५ रनले पराजित गरेपछि वेष्ट इन्डिजले फाइनल प्रवेश गर्दै वर्ल्डकपमा छनोट भएको हो।

हरारे स्पोर्ट्स क्लबमा वर्षाका कारण खेल रोकिएपछि वेष्ट इन्डिजले वर्ल्डकपमा स्थान पक्का गर्दा स्कटल्याण्ड अभागी बन्यो।

१९९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको स्कटल्याण्डले ३५.२ ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाउँदा पानी परेको हो। त्यसबेला सक्टल्याण्ड डिएलमा ५ रनले पछाडी थियो। तर वर्षाका कारण खेल सुरु नहुँदा स्कटल्याण्डले लगातार दोस्रो पटक वर्ल्डकप खेलबाट बन्चित रह्यो।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ४८.४ ओभरमा १९८ रनमा अलआउट भएको थियो।

सुपर सिक्समा सबै खेले खेलेको वेष्टइन्डिले ८ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ। अब ४ मध्ये एक टिम फाइनल पुग्नेछ। सुपर सिकसमा अंकविहिन रहेको युएई भने यसअ३ नै वर्ल्डकपको होडबाट बाहिरिएको छ।

सुपर सिक्स अन्तर्गत अब दुई खेल बाँकी छन्। जसअन्तर्गत आज घरेलु टोली जिम्बावे र युएई तथा भोली आयरल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ। आजको खेलमा विजयी भए जिम्बावेले फाइनलमा स्थान बनाउदै वर्ल्डकपमा पुग्नेछ अन्यथा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ।

५ अंक जोडेको जिम्बावे दोस्रो तथा समान अंक नै रहेको स्कटल्याण्ड तेस्रोमा छ। यस्तै समान ४ अंक जोडेको आयरल्याण्ड र अफगानिस्तान क्रमश: चौथो र पाँचौ स्थानमा छ। अंकविहिन रहेको युएई छैटौँ स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell