PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इपीएस परीक्षाको आवेदन शुल्क बुझाउनेको लाइन, हेर्नुस फोटोमा

इपीएस परीक्षाको आवेदन शुल्क बुझाउनेको लाइन, हेर्नुस फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो। भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले आजदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ। 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन शुल्क बैंकमा जम्मा गरेपछि  इपीएस नेपालको वेबसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन्। 

परीक्षा जेठ २६ र २७ गते हुनेछ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन्।

आवेदन शूल्क २४ डलर तोकिएको छ। सहभागी परीक्षार्थीमध्ये योपटक सात हजार १०० जनाको मेरिटमा पर्नेहरु रोजगारीमा कोरिया जानका लागि योग्य सूचीमा सामेल हुनेछन्।

जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell