PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रमुख सचेतक पद देउवालाई नै बुझाई दिन्छु, मलाई आवश्यक छैन: बालकृष्ण खाँण



चन्द्रकान्त खनाल

प्रमुख सचेतक पद देउवालाई नै बुझाई दिन्छु, मलाई आवश्यक छैन: बालकृष्ण खाँण

रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले स्वर्गिय गिरीजा प्रसाद कोईरालाले अवलम्वन गरेको बामपन्थीहरुसंगको मेलमिलाप र सहमतिको नीतिमा नै पार्टी अघि बढिरहेको बताएका छन्। 

आठौं जीपी कोईराला स्मृति प्रतिष्ठानले बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता खाणले स्वर्गीय कोइरालाकै उच्च नेतृत्व र क्षमताका कारण नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतन्त्र गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै प्राप्त अधिकारको संस्थागत विकासका लागि वामपन्थी पार्टीहरुसँगको सहमति र सहकार्य भइरहने पनि बताए।

संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भएका खाँणले आफुले सो पद स्विकार नगरेको र पार्टी सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवासँग कुरा गर्ने बताएका छन्।  नेता खाँणले वर्तमान सरकार विदेशीको भरमा चलेको बताउदै यो धेरै समय टिक्न नसक्ने समेत बताएका छन्।
नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहेका  बालकृष्ण खाँणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद प्रधानमन्त्री भएपछि कता हरायो भनि प्रश्न गरेका थिए। उनले  संबिधान संशोधन नै गर्न हुदैन संबिधान संशोधन गर्नु राष्ट्रघाति हो भन्ने ओली जी को राष्ट्रवाद प्रधानमन्त्री हुने बित्तिकै कहाँ गयो।

जीपी कोईराला स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष नन्दराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्याल, पार्टी जिल्ला सचिव रामकृष्ण खाँण, प्रतिष्ठानका सल्लाहकार दयराज काफ्ले, पार्टीका बुटवल नगरसभापति खेलराज पाण्डे, बरिष्ठ अधिवक्ता डा बुद्ध बहादुर थापा लगायतले धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell