PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापतिमा पोखरेल चयन



पहिलोपोस्ट

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापतिमा पोखरेल चयन

काठमाडौं: प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको सभापतिमा कृष्णभक्त पोखरेल चयन भएका छन्। 

बिहीबार समितिको बैठकबाट सर्वसम्मतिले एमालेका पोखरेललाई सभापति चयन गरेको समितिका सदस्य बृजेश गुप्ताले पहिलोपोस्टलाई बताए।

फागुन १२ गते प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको थियो। समिति १३ सदस्यीय समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन्।

समितिलाई एक महिनाको कार्यावधि दिइएको थियो। समितिले प्रतिनिधि सभा मातहत रहने समितिको नाम र सङ्ख्या तय गर्ने र प्रतिनिधि सभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्नेछ। 

समितिको पहिलो बैठकमा सामान्य छलफल भएको थियो। बिहीबारको बैठकमा सभापति चयन गरेपछि सोमबारको बैठकबाट मस्यौदामाथि छलफल सुरु हुने गुप्ताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell