PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

३५ वर्षपछि जिम्बावे वर्ल्डकपमा छनोट हुन असफल



पहिलोपोस्ट

३५ वर्षपछि जिम्बावे वर्ल्डकपमा छनोट हुन असफल

काठमाडौं : सन् १९८३ देखि निरन्तर क्रिकेट वर्ल्डकप खेलिरहेको जिम्बावे ३५ वर्षपछि वर्ल्डकपमा छनोट हुन असफल भएको छ।

घरेलु भूमिमा भइरहेको क्वालिफायर अन्तर्ग सुपर सिक्सको 'मस्ट विन गेम'मा युएईसँग ३ रनले पराजित भएपछि लगातार दशौँ पटक वर्ल्डकप खेल्ने जिम्बावेको चाहना अधुरो रह्यो।

आइसीसीको १२ फुल मेम्बर राष्ट्रमध्ये वर्ल्डकपमा छनोट नहुने जिम्बावे सबैभन्दा ठूलो टिम समेत बनेको छ।

हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४७.५ ओभरमा ७ विकेट गुमाएर २३५ रन बनाएको थियो। वर्षाले खेल रोकिएपछि युएईले बाँकी ओभर ब्याटिङ गरेन।

जवाफमा जिम्बावेले ४० ओभरमा २३० रनको लक्ष्य पाएको थियो। तर खेल जित्न सकेन।

सुपर सिक्सबाट यसअघि नै फाइनल पुग्दै वेष्ट इन्डिजले अर्को वर्ष इंगल्याण्डमा हुने वर्ल्डकपमा स्थान बनाइसकेको छ। वेष्ट इन्डिजले पहिलो पटक क्वालिफायर खेल्दै वर्ल्डकपमा क्वालिफाई भएको हो।

अब सुपर सिक्स अन्तर्गत आइरल्याण्ड र अफगानिस्तानबीच हुने खेलको विजेताले वर्ल्डकपमा स्थान बनाउनेछ।

दुवै टिमको समान ४ अंक छ। जिम्बावेको ५ अंक छ। जित्ने टिमले जिम्बावेलाई पछि पार्नेछ। आयरल्याण्ड र अफगानिस्तानबीचको खेल लो स्कोरिङ हुँदै टाई भएमा मात्र जिम्बावेको एकदमै झिनो सम्भावना बाँकी रहनेछ।

आयरल्याण्ड र अफगानिस्तानले गत वर्ष मात्र आइसीसीबाट टेष्ट नेशनको मान्यता पाएका हुन् र पहिलो टेष्ट खेल्न नै बाँकी छ।

२०१९ मा १० टिमले मा वर्ल्डकप खेल्ने भएका कारण यसपटक चार टेष्ट राष्ट्रसहित १० राष्ट्रले क्वालिफायरमा सहभागिता जनाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell