PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली भ्रष्टाचारको आरोपमा पक्राउ



पहिलोपोस्ट

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली भ्रष्टाचारको आरोपमा पक्राउ

सोलः दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश जारी गरेसँगै बिहीबार उनलार्इ प्रहरीले पक्राउ गरेको छ। 

सोलस्थित एक जिल्ला अदालतले उनलार्इ भ्रष्टाचारको अभियोगमा पक्राउ गरी अनुसन्धान थाल्न आदेश दिएको थियो। 

उनी सन् २०१३ सम्म राष्ट्रपति भएका थिए। उनले भ्रष्टाचार आरोपहरू आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्। 

लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नष्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको थियो। 

उनलार्इ पक्राउ गरी सोल स्थित डिटेन्सन केन्द्रमा राखिएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहाप न्यूजले जनाएको छ। 

उनलार्इ बिहीबार मध्यराती पक्राउ गरिएको थियो। 

बन्दी बनाइएको पहिलो रात पूर्व राष्ट्रपति अनिदोमै बसेको समाचारमा उल्लेख छ। उनलार्इ आज शुक्रवार कुनै सोधपुछ नगरी आराम गर्न दिइने र अर्को दिन देखि सोधपुछ थालिने बताइएको छ। 

अनुसन्धान अधिकृतहरूलार्इ २० दिन हिरासतमा राख्न अनुमति दिइएको छ। अप्रिल १० सम्म अनुसन्धान गरी अदालतमा पेस गर्नुपर्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell