PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ज्लाटन इब्राहिमोभिचले म्यानचेष्टर छाडे, एलए ग्लालेक्सी जाने तयारी



पहिलोपोस्ट

ज्लाटन इब्राहिमोभिचले म्यानचेष्टर छाडे, एलए ग्लालेक्सी जाने तयारी

ज्लाटन इब्राहिमोभिचले प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेको घोषणा गरेका छन्। सन् २०१६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट म्यानचेष्टर पुगेका इब्राहिमोभिचले दुई वर्ष युनाइटेडका लागि खेल्दै ५३ खेलमा २९ गोल गरेका थिए।

२०१७ को अप्रिलमा लिगामेन्टको शल्यक्रिया गरेप५ ३६ वर्षीय इब्राहिमोभिचले ७ खेल मात्र खेलेका थिए।

सामाजिक सञ्जाल इन्टाग्राममा युनाइटेड छाड्नेबारे इब्राहिमोभिचले लेखेका छन्। दुई सिजन युनाइटेडमा बिताएपछि अब अगाडी बढ्ने समय आएको छ।'

'ग्रेट थिङ्गस अल्सो कम टु एन इन्ड, क्लब, कोच, फ्यान, स्टाफ र मलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद।'

यस्तै युनाइटेले इब्राहिमोभिचले क्लबका लागि पुर्‍याएको योगदानको सम्मान गर्दै धन्यवाद व्यक्त गरेको छ।

स्वीडिस खेलाडी इब्राहिमवभिचले गत वर्ष अगस्टमा युनाइटेडसँग सम्झौता नविकरण गरेका थिए। उनको सम्झौता अझै केही समय बाँकी छ। तर उनले त्यसअघि नै सम्झौता तोड्ने निर्णय गरेका हुन्। गत डिसेमबरमा बर्नीली विरुद्ध खेलेयता इब्राहिमोभिचले क्लबका लागि खेलेका छैनन्।

युनाइटेड छाडेपछि इब्राहिमोचिभ अमेरिकन मेजर सकर लिग क्लब एल ए ग्यालेक्सी जाने तयारीमा रहेको बीबीसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell