PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सिंहदरबारभित्रको सरकारी मोटरसाइकल चोरीमा कार्यालय सहयोगी नै समातिए



पहिलोपोस्ट

सिंहदरबारभित्रको सरकारी मोटरसाइकल चोरीमा कार्यालय सहयोगी नै समातिए

काठमाडौं : सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडिबाट चोरिएको मोटरसाइकल प्रहरीले जफत गरेको छ। साथै चोरीमा संलग्न दुई जनालाई पक्रेको छ। 

पार्किङमा राखेको बा १ ब ९९१३ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल चैत १ गते चोरी भएको थियो। 

पक्राउ पर्नेहरुमा त्यही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ ३० वर्षीय दिनेश सुनार रहेको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुल्न आएपछि इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीवार चितवनबाट पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell