PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पति वियोगले 'कोमा'मा रहेकी पाइलट पत्नी अफसानाको पनि मृत्यु



पहिलोपोस्ट

पति वियोगले 'कोमा'मा रहेकी पाइलट पत्नी अफसानाको पनि मृत्यु
फोटो : thedailystar.com

ढाका : काठमाडौंमा दुर्घटनामा परेको युएस-बंगला विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट अविद सुल्तानकी पत्नी अफसाना खानको पनि आज बिहान ढाकाको अस्पतालमा मृत्यु भएको छ। पतिको वियोग खबर पाएसँगै अचेत रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।  
नेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड हस्पिटलमा उनको मृत्यु भएको हो। दुर्घटनालगत्तै उनलाई स्ट्रोक भएपछि अस्पतालमा राखिएको थियो। आज बिहान स्थानीय समयअनुसार ९:३० बजे उनको मृत्यु भएको अस्पतालका चिकित्सक खर्सिद मोहम्मदलाई उदृत गर्दै डेलीस्टारले जनाएको छ।    

पाइलट र उनकी पत्नी।

काठमाडौंमा भएको विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। विमान दुर्घटनामा चालक दलका सबैको मृत्यु भएको थियो। दुर्घटना पछिको आगलागीमा परी धेरैले ज्यान गुमाएका थिए।
 
युएस-बंगलाको फ्लाइट बीएस २११ ढाकाबाट काठमाडौं आएको थियो। विमान ल्यान्डिङका क्रममा दुर्घटनामा परेको थियो। २६ बंगलादेशीको दुर्घटनामा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell