PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाहिर महाधिवेशन भन्दै चिच्याउने कांग्रेस नेता केन्द्रीय समितिमा भने मौन



पहिलोपोस्ट

बाहिर महाधिवेशन भन्दै चिच्याउने कांग्रेस नेता केन्द्रीय समितिमा भने मौन

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकमा तीन जनाले पार्टी सबल बनाउन आआफ्ना सुझाव पेश गरेका छन्।

बिहान १२ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले सुझाव पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

तीनै तहको निर्वाचनमा नराम्रारी हार व्यहोरेपछि कांग्रेसका नेताहरुले हारको समीक्षाका लागि बैठकको माग तीब्र पारेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति डाकेका हुन्। आजको बैठकमा तीनै जना नेताले महासमितिको माग गरेका छन्।

बैठकको सुरुमै नेता प्रकाशमान सिंहले हारको दोष देउवालाई लगाउँदै २४ बुँदे सुझाव पेश गरेका थिए। नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै आएका उनले बैठकमा भने महासमितिलाई मात्र जोडदार रुपमा उठाए। थप दुइ नेताले पनि महासमितिको मात्रै माग गरे। 

आजको बैठक आक्रमक र आक्रोशयुक्त हुने केन्द्रीय समितिका सदस्यहरुले बताउँदै आएका थिए। यद्यपि बैठक हार्दिकतापूर्वक सम्पन्न भएको प्रवक्ता शर्माले जानकारी दिए। 

'आजको बैठक हार्दिकतापूर्वक सम्पन्न भयो,' प्रवक्ता शर्माले भने। केन्द्रीय समितिको बैठक भोलि १० बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell