PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इयुको प्रतिवेदन प्रति विवेकशील साझाको आपत्ति, संवैधानिक अंगमा वैदेशिक सहायता नलिन सुझाब



पहिलोपोस्ट

इयुको प्रतिवेदन प्रति विवेकशील साझाको आपत्ति, संवैधानिक अंगमा वैदेशिक सहायता नलिन सुझाब

काठमाडौँः विवेकशील साझा पार्टीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ। 

पार्टीका प्रवक्ता सूर्यराज आचार्यले वक्तव्य जारी गर्दै नेपालको संविधानका प्रावधानबारे आपत्तिजनक टिप्पणी गरेको र विवेकशील साझा पार्टीको नाम समेत अन्यथा उल्लेख गरेको भन्दै प्रतिवेदन प्रति आपत्ति जनाएको हो। 

'युरोपियन युनियनले क्षमा याचना सहित प्रतिवेदन फिर्ता लिनु उपयुक्त देखिन्छ,'विज्ञप्तिमा अगाडि भनिएको छ, 'राज्यका महत्त्वपूर्ण अंगका गतिविधिमा विदेशी संघ, संस्थाको अवाञ्छित संलग्नता नै यस्ता खेदजनक परिघटनाका कारक हुन्।'

विवेकशील साझा पार्टीले प्रतिवेदन प्रति परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगको आपत्ति सहितको औपचारिक विज्ञप्तिको समेत स्वागत गरेको छ। 

विवेकशीलले विदेशी हस्तक्षेप रोक्न विदेशी सहयोग नलिन समेत सुझाव दिएको छ। 

'संवैधानिक आयोग र राज्यका अन्य संवेदनशील निकायमा आवश्यक बजेट व्यवस्था नेपाल सरकारले नै गरोस्,' विज्ञप्तिमा अगाडि भनिएको छ, 'विदेशी संघ-संस्थाको हस्तक्षेपकारी भूमिका रहने गरी कुनै पनि सहयोग नलियोस भन्ने तर्फ समेत विवेकशील साझा पार्टी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छ।'

यसअघि इयुले निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै संविधानको मर्मविपरित खस अार्य अारक्षण खारेज गर्न भनेको थियो। 

त्यस्तै प्रतिवेदनमा विवेकशील साझा पार्टीलार्इ बहुजन समाजवादी पार्टी उल्लेख गरेको थियो। प्रतिवेदन प्रति सरकारले कडा अापत्ती जनाएको छ। 

इयु नेपालमा जातिय नारासहित पटक पटक विवादमा तानिँदै अाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell