PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बास्केटबल लिग : सदिश र रविनको उत्कृष्ट प्रदर्शनमा आर्मीको लगातार १२औँ जित



पहिलोपोस्ट

बास्केटबल लिग : सदिश र रविनको उत्कृष्ट प्रदर्शनमा आर्मीको लगातार १२औँ जित
फोटो : आर्को नेटवर्क

काठमाडौं : त्रिभुवन आर्मीले क्वीक्स होम एण्डे अवे बास्केटबल लिग (केबीएल) मा लगातार १२औँ जित हासिल गरेको छ।

शुक्रवार भएको खेलमा सदिश प्रधानको ३४ तथा रविन खत्रीको २३ अंकको मद्दतमा आर्मीले बिशाल मिलन केन्द्रलाई १११-९२ को अन्तरले हरायो।

लिगको एकै खेलमा २०३ अंक स्कोर भएको यो पहिलो पटक हो। यसअघि आर्मीले नै खेलेको खेलमा १७३ अंक स्कोर भएको थियो।

पहिलो क्वाटरमा १४-२२ ले पछि परेको आर्मीले पुनरागमन गर्दै खेल जितेको हो। २३ अंक जोडेका रविन खेलको उत्कृष्ट खेलाडी चुनिए।

१२ खेलबाट ३६ अंक जोडेको आर्मीले लिगमा शीर्ष स्थान रहने पक्का भइसकेको छ। आर्मीले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ। आर्मीले अब २ खेल खेल्न बाँकी छ।

शुक्रवारै भएको अर्को खेलमा साउथ साइडर्सले जेभिएर इन्टरनेशनल कलेजलाई ६९-५७ ले पराजित गरेको छ। दुवै टोली प्लेअफको होडबाट यसअघि नै बाहिरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell