PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कराचीमा ९ वर्षपछि पहिलो पटक 'हाइ-प्रोफाइल' क्रिकेट म्याच



कराचीमा ९ वर्षपछि पहिलो पटक 'हाइ-प्रोफाइल' क्रिकेट म्याच
फोटो : जिओ न्युज स्पोर्ट्स

कराची (पाकिस्तान)/एपी : पाकिस्तानको कराचीमा ९ वर्षपछि पहिलो पटक 'हाइ-प्रोफाइल' क्रिकेट म्याच हुने भएको छ। यस सिजनको पाकिस्तान सुपर लिग (पिएसएल) को फाइनल खेल कराचीस्थित नेशनल स्टेडियममा आइतवार हुँदैछ।

९ वर्षपछि कराचीमा हुन लागेको खेलका लागि ८ हजार भन्दा बढी सुरक्षाकर्मी तयार पारिएकोछ। पिएसएल टी-२० को फाइनलमा साविक विजेता पेशावार जाल्मी र इस्लामावाद युनाइटेड भिड्नेछन्।

फोटो : एपी

१५ मिलियन जनसंख्या रहेको कराचीमा अन्तिमपटक सन् २००९ को फेब्रुअरीमा पाकिस्तान र श्रीकांबीचको टेष्ट क्रिकेट म्याच भएको थियो। त्यही टुरमा लाहोरमा श्रीलंकन टिमको बसमाथि आतंकवादी हमला भएको थियो। २००९ मार्च ३ मा श्रीलंकाली खेलाडी बोकेको बसमा १२ बन्दुकधारीले हमला गरेका थिए। उक्त स्थान लाहोरको गद्दाफी स्टेडियम नजिकै थियो।

त्यसबेला श्रीलंकन टिम पाकिस्तान विरुद्धको दोस्रो टेष्टको तेस्रो दिनको खेल खेल्न जाँदै थिए। उक्त हमलामा ६ पाकिस्तानी पुलिस र २ नागरिक मारिएका थिए। त्यस्तै श्रीलंकन टिमका ६ खेलाडी घाइते भएका थिए।

त्यसपछि यसको खराब नतिजा पाकिस्तानले बेहोर्नु पर्‍यो। पाकिस्तानमा इन्टरनेशनल खेल हुने सम्भावना कमजोर बन्यो। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)सँग कुनै अप्सन रहेन र युएईको स्टेडियमलाई होम ग्राउण्ड बनाउन बाध्य भयो।

यसबीचमा पनि पिसिबीले विदेशी खेलाडीलाई पाकिस्तान भ्रमणको गराउन प्रयास गरिरहेको थियो। लाहोरमा गत सिजनको पिएसएल फाइनल खेल समेत सम्पन्न भएको थियो। यस्तै वर्ल्ड-११ सँग ३ र श्रीलंकासँग १ टी-२० इन्टरननेशल म्याच समेत भइसकेको छ।

तर यस सिजनको प्लेअफ खेलका लागि केही विदेशी खेलाडीले पाकिस्तान जान अस्वीकार गरे। पिएसएलको लिग चरणका खेलहरु युएईको दुबई र शारजहाँमा भएको थियो। प्लेअफअन्तर्गत क्वालिफायर र एलिमिनेटरका खेलहरु भने पाकिस्तानको लाहोरमा भएको हो।

अष्ट्रेलियाका शेन वाट्सन (क्वेट्टा ग्लाडिएटर्स), इंगल्याण्डका केभिन पिटरसन (क्वेट्टा) र इयान मोर्गन (कराची)ले भने आफ्नो फ्रेन्चाइजसँग लाहवर जान अस्वीकार गरेका थिए।

ठुला खेलहाडीहरु नहुँदा दुवै टोलीलाई घाटा लागेको थियो। क्वेट्टाका प्रशिक्षक समेर्त रहेका पाकिस्तानका पूर्व कप्तान मोइन खानले उक्त विषयमा असन्तुष्टी समेत व्यक्त गरेका छन्।

'हामीले अब आउने सिजनमा पाकिस्तान भिजिट गर्न चाहने खेलाडीलाई मात्र चुज गर्नुपर्छ।' पहिलो एलिमिनेटरमा पेशावार जाल्मीसँग हारेपछि खानले भनेका थिए। 'हाम्रो लिग ठूलो हुँदै गइरहेका कारण हामीले कुनै व्यक्तिगत खेलाडीलाई पुस गर्नुहुँदैन। पाकिस्तान आउन नचाहने खेलाडी हामीलाई पनि आवश्यक हुँदैन।'

कराचीको प्रान्तीय प्रशासनले आइतवार हुने फाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। दर्शकहरुले स्टेडियमसम्मग पुग्नका लागि लामो लाइन बस्नुपर्ने र कम्तीमा ३ चेकप्वाइन्ट पार गर्नुपर्नेछ।

तर पनि उक्त शहरले अन्य विदेशी खेलाडीलाई स्वागत गर्न चाडपर्व जस्तै तयारी गरेको छ। फाइनल खेल्नमा जाल्मीको टिमबाट वेष्टइन्डिजका डारेन सामी, इंगल्याण्डका क्रिस जोर्डन, दषिण अफ्रिकाका जेपी डुमिनी र इस्लामावादबाट खेल्ने न्यूजिल्याण्डका ल्युक रोची छन्।

झण्डै एक दशकपछि अन्तर्राष्ट्रिय स्तरको म्याच हुन लागेको कराचीको स्ट्रिटमा प्लेअरको फोटोहरु डिस्प्ले गरिएको छ।

गत वर्ष घुँडाका चोटका बावजुत पनि लगातार चार खेल्दै खेल्दै जाल्मीलाई फाइनल पुर्‍याउन भूमिका खेलेका सामी पाकिस्तानमा अहिले 'हाउसहोल्ड नेम' बनिसकेका छन्।

'हो कराची हामी आउँदैछौँ,' सामीले भिडियो सन्देशमा भनेका छन्, ' म सबैजनालाई खेल हेर्न  र जाल्मीलाई सफवर्ट गर्न आग्रह गर्दछु। म चाहन्छु सबैले पहेँलो जर्सी लगाउन्, यो पहेँलो आँधी हो, हामी आउँदैछौँ।'

एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell