PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विकिलिक्सका संस्थापक असान्जेलाई दिइँदै आएको इन्टरनेट सुविधा कटौती



पहिलोपोस्ट

विकिलिक्सका संस्थापक असान्जेलाई दिइँदै आएको इन्टरनेट सुविधा कटौती
Photo: AFP

लण्डनः इक्वेडले विकिलिक्सका संस्थापक जुलियन आसान्जेलाई दिइँदै आएको इन्टरनेटको सुविधा कटौती गरेको छ। लण्डनस्थित इक्वेडरको दूतावासमा विगत ६ वर्ष देखि शरण लिइरहेका असान्जेलाई दिइएको इन्टरनेट सुविधा कटौती गरिएको इक्वेडरको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उनले इक्वेडरसँग गरेको सहमतिको उल्लंघन गरेको भन्दै उनको सुविधामा कटौती गरिएको बताइएको छ। उनले अन्य देशकाको मामिलामा कुनै पनि सन्देश सार्वजनिक नगर्ने सहमति  गरेका थिए। 

उनलाई ६ वर्ष देखि इक्वेडरले शरण दिइरहेको छ। उनी पक्राउ पुर्जीलाई छल्न इक्वेडरको दूतावासमा बस्दै आएका छन्। उनलाई इक्वेडरले नागरिकता समेत प्रदान गरेको छ। 

इक्वेडर सरकारले असान्जेको सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिले युकेसहित ईयूका अन्य देशहरूसँगको सम्बन्धमा असर परेको जनाएको छ। 

असान्जेले पछिल्लो समय बेलायत र रुसबिचको कुटीनितिक विवादका विषयमा ट्वीट गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell