PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काम छाडी फेसबुकमा व्यस्त कर्मचारीमाथि पोखराका मेयरको एक्सन: कार्यालय समयमा फेसबुक बन्द



नरहरि पौड्याल

काम छाडी फेसबुकमा व्यस्त कर्मचारीमाथि पोखराका मेयरको एक्सन: कार्यालय समयमा फेसबुक बन्द

पोखरा: पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर सामाजिक सञ्जालमा ब्यस्त भएको गुनासो आएपछि महानगर पालिकाले आइतवारदेखि लागु हुनेगरी कार्यलय समयमा फेसबुक बन्द गराएको छ।

महानगरपालिकाले कार्यालयमा जडान गरेकोे इन्टरनेटमा वाइफाइ र फेसबुक पूर्णरुपमा बन्द गराएको महानगरका मेयर मान बहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए।

मेयर जिसीले कार्यालय समयमा पनि धेरैजसो कर्मचारीहरु सेवाग्रहीको काम छोडेर फेसबुकमा तल्लिन भएपछि यसलाई रोक्न मन्त्रालयसँग समन्वय समेत गरेका थिए। हाल उनी विदेश भ्रमणमा रहे पनि आजबाट कार्यालयमा पूर्ण रुपमा फेसबुक बन्द भएको छ।
 
महानगरका सम्पूर्ण वडाहरुमा भने मंगलबारबाट यो नियम लागु हुने छ।  ‘अब महानगर कार्यालयका कुनै पनि डेस्कटप र मोबाइलमा फेसबुक चल्ने छैन,’ उनले भने, ‘सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सामाजिक सञ्जाल बन्द गराएका हौं।’

कार्यालयको समयमा सेवाग्रहीको कामलाई चुस्त दुरुस्त बनाउन मेयर जिसीले केही दिन अघि पहल थाल्दै आफु पनि कार्यालय समयमा कुनै सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए। उनले कार्यालय समयमा दैनिक महानगरपालिका आउने करिब २ हजार सेवाग्रहीहरुको सेवा छिटो छरितो बनाउन फेसबुक बन्द गराउन पहल थालेका थिए।
 
कार्यलय पुग्ने अधिकांश सेवाग्राहीहरुले महानगरपालिकाका कर्मचारीहरुको कार्यशैलीमा सुधार नभएको, विभिन्न बहानामा काम अल्झाउने गरेको र कार्यलय समयमा कर्मचारी सम्वन्धित फाँटमा नभेटीएको भन्दै एकहप्ता पहिले सेवाग्राहीले कार्यलय परिसरमै नारावाजी गरेका थिए। सेवाग्राहीले कर्मचारीले विभिन्न बहानमा दुख दिएको र सानो काममा पति यो वा तो बहानामा झुलाउने गरेको भन्दै आक्रोश पोखेका थिए। ना

महानगरपालिकाले सेवाग्राहीलाई राम्रो सेवा प्रवाह गर्न नसकेको गुनासो बढेपछि १५ बर्ष देखि कर शाखामा कार्यरत कर अधिकृत शिवहरी शर्मालाई अर्को शाखामा सरुवा गरिएको छ। उनले सम्हालेको जिम्मेवारी जिन्सी शाखामा कार्यरत छविलाल शर्मालाई दिईएको छ। 

केही समय पहिले करअधिकृत शिव हरिले एक सेवाग्राही संग घरजग्गा वापतको कर २५ हजार लिएपछि विवादमा परेका थिए। तत्कालै सेवाग्राहीले महानगरपालिकाका प्रमुख जिसीको कार्यकक्षमा पुगरेर बिलसहित गुनाशो गरेपछि अधिकृत शर्माले गल्तीबस धेरै रकम लिएको भन्दै १० हजार मात्र कर लिएर अन्य रकम फिर्ता गरेका थिए।

महानगर कार्यालयमा योजना शाखा, घर नक्शा पास र राजश्व शाखामा सेवाग्रहीको अत्याधिक चाप हुँदै आएको छ। ती फाँटहरुमा सेवा ग्राहीहरुको भिड हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell